विवादले अलपत्र पर्यो सडक निर्माण कार्य

0
7

बाजुरा- बाजुराको साँफे–मार्तडी सडकअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक सडक निर्माणको काम रोकिएको छ। बूढीगङ्गा नगरपालिका–२ को कन्सर्न बाजुरादेखि अम्कोटद्वारीसम्मको झन्डै तीन किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो। सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माणको काम सुरु गरिएको भए पनि अहिले अम्कोटका स्थानीयवासीले विवाद सुरु गरेपछि निर्माण रोकिएको होसडक डिभिजन कार्यालय अछाममा दिवस बस्नेतले सडक डिभिजन कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय बाजुरा, बूढीगङ्गा र बडीमालिका नगरपालिका स्थानीय सरकार र अम्कोटवासीको सहमतिमा बल्दे–अम्कोट वैकल्पिक सडक निर्माण सुरु गरिएको बताए । उनले बर्खाको समय साँफे–मार्तडी सडकअन्तर्गत पर्ने अम्कोटद्वारी सडकमा पहिरो गएर सडक अस्तव्यस्त हुने गरेकाले स्थानीयको सहमतिबाट सो वैकल्पिक सडक निर्माण सुरु गरिएको बताए। सडक डिभिजन कार्यालय अछामले एक्साभेटरमार्फत झन्डै एक किलोमिटर सडक निर्माण गरिएको भए पनि पछि अम्कोटका स्थानीयवासीले विवाद गरेपछि काम रोकिएको बस्नेतको भनाई छ। यता अम्कोटका स्थानीयवासीले भने अम्कोट गाउँको तल र माथि दुवैतिरबाट सडक खन्दै गएको र त्यसैकै कारण पहिरो लाग्ने गरेकोले बस्ती व्यवस्थापन नगर्दासम्म गाउँबाट सडक लान नदिने बताएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका लक्षीराम पाध्यायका अनुसार यहाँका स्थानीय र सरोकारवालाबीच पहिला यो बस्ती पूरै अन्य ठाउँमा व्यवस्थापन गर्ने भनेर गाउँबाट सडक लिने गरेर सहमति भएको तर अहिलेसम्म बस्ती व्यवस्थापन नभएकाले सडक निर्माणको काम रोकिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here