विभिन्न कार्यक्रम गरि आज विश्व टेलिभिजन दिवस मनाइँदै

0
11

काठमाडौं – आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउने गरिएको हो। सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजन इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगिन दृश्यहरु हेर्न सकिने अवस्था आएको हो।
सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो। नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो। नेपालमा अहिले दुई दर्जन बढि टेलिभिजन च्यानलहरू नियमित प्रसारणमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here