विप्लवको कार्यालयमा प्रहरीको छापा तीन जना नेता पक्राउ

0
36

झापा – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एकजना मकवानपुरका अनुल सारु मगर रहेका छन् ।
पक्राउ परेका मगर भने विप्लवका कुन तहका नेता हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै छापा मार्दा हतियारसमेत पक्राउ परेपनि प्रहरीले कति र कस्ता हतियार बरामद गरेको हो भन्ने खुलाएको छैन ।
चन्दा रसिद, लेटर प्याड लगायतका सामाग्री पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनालीले बताएका छन् ।
उनले केही बेरमा पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराइने समेत बताएका छन् । विर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालयपछाडि गोप्य रूपमा सञ्चालनमा रहेको विप्लव नेकपाको जिल्ला पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here