विन्ध्यवासिनी म्युजिकको निर्माण सुबास रेग्मीको शब्द संगीतमा बहुप्रतिक्षित गीत ‘काँचो टमाटर’ सार्वजनिक

0
198

काठमाडौं- विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माण तथा बजार ब्यबस्थापनमा एक मौलिक लोकदोहोरी गीत प्रकाशनमा ल्याएको छ। लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता , म्युजिक भिडियो निर्देशक , निर्माता , मोडेल ,गीतकार / संगीतकार एबम बहुआयामिक ब्याक्तित्व सुबाश रेग्मीको शब्द तथा संगीतमा रहेको काँचो टमाटर बोलको गीतलाई लोकप्रिय गायिका माण्डवी त्रिपाठी र गायक नेत्र भण्डारीले गाएका हुन् जसमा संगीत संयोजन बिपिन आचार्यले गरेका छन्। गीत निकै नै मर्मस्पर्सी रहेको छ। झट्ट सुन्दा अलिक पहिलेको समयको कथाबस्तु बोकेजस्तो लागेपनि भिडियो हेर्दै जाँदा गीतले त्यो समय र अहिलेको समयलाई जोडेको भान हुन्छ र भिडियोले गीतलाई थप प्रस्टाएको छ , यानकी गीतले हाम्रो समाजमा रहेकै यथार्थपरक कहानीलाई टपक्कै टिपेको छ।
विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत प्रकाशित गरिएको उक्त गीतको भिडियोलाई भने निर्देशक दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका हुन्। उनै तिमिल्सिना र नग्मा श्रेष्ठको अभिनय रहेको उक्त भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् जसको सम्पादन मनोज कार्कीले गरेका छन्।
गीतको निर्माताको रुपमा विन्ध्यवासिनी म्युजिक प्रालिकी प्रबन्ध निर्देशक लिना शर्मा रेग्मी लाइ देख्न सकिन्छ।
सबै तवर बाट उत्तिकै उत्कृस्ट बनेको यस गीत तथा गीतसङ्ग सम्बन्धित सबै श्रस्टा कलाकार , निर्माता तथा प्राबिधिक लाइ बधाई अनि सफलताको लाखौँ लाख शुभकामना।।।
जय गीत जय संगीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here