विद्युत प्राधिकरणले काट्न थाल्यो इन्टरनेटको तार

0
5

काठमाडौं- इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रमलाई निरन्तरता दिइरहे तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । विद्युत प्राधिकरणले इन्टरनेटको तार तान्न प्रयोग गरेबापत बढाएको पोलभाडा तिर्न तयार नभएपछि सेवा प्रदायकको डेटा सेन्टरको तार छानीछानी तार काटेको आरोप लगाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई पेल्ने काम भएको बताएको हो । इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले तार प्रयोग गरेबापत विद्युत प्राधिकरणले पोलभाडा ७ सय प्रतिशतसम्म बढाएको र सो भाडादर तिर्न कुनै पनि हालतमा नसकिने बताएका छन् । आजको राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here