विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला पनि आन्दोलन गर्ने डा. केसीको चेतावनी

0
32

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी रकम असुलेको भन्दै विभिन्न कलेजका विद्यार्थीहरुले आन्दोलन गरिरहेका ।
सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा त्यो भन्दा बढी शुल्क उठाइरहेका छन् ।
डा. केसीले परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयहरुमा नियुक्ति हुनुपर्ने माग गरेका छन र समितिको मापदण्डबेगर नियुक्ति भएमा मान्य नहुनेसमेत डा. केसीले बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एमबीबीएसलगायतका कार्यक्रमको पठनपाठन शुरु गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पुर्‍याउने काम गम्भीरतापूर्वक गर्न पनि डा. केसीको आग्रह छ । यस्तै स्रंकमणकालीन न्यायसम्बन्धी आयोगमा पनि दलीय भागदण्ड स्वीकार नहुने भन्दै केसीले गम्भीर तथा मानवताविरुद्धका अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाही सुनिश्चित गर्नसमेत माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here