विजय थापाले सार्वजनिक गरे आमाप्रति समर्पित गीत/साजन,गीता र रायनले गरे जिबन्त अभिनय’

0
151

काठमाडौं- गायक विजय थापाले आमा प्रति समर्पित ‘ममताकी खानि आमा’ बोलको गीत सार्वजनिक गरेका छन्। चर्चित गीतकार रमेश दाहालको शब्द एबम चर्चित संगीतकार कल्याण सिंहको संगीतमा रहेको उक्त गीतमा आवाज विजय थापाको रहेको छ। पछिल्लो समयमा निकैनै सम्भावना बोकेका गायकको रुपमा नेपाली सांगीतिक आकाशमा उदाएका विजय थापाको गायकीलाई धेरै कलाकार तथा श्रोता दर्शक हरुले मुक्त कण्ठले प्रसंसा गर्ने गरेका छन्। बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको उक्त गीतको भिडियो बिन्ध्यबासिनी म्युजिक प्रालिको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। गीतको भिडियोमा ससान कडेलको निर्देशन , राज पोख्रेलको छायांकन, बिकाश ज्ञवालीको सम्पादन एबम साजन नेपाल, गीता केसी र रायन अर्यालको जिबन्त अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here