विकासमा केन्द्रीत मधुवन नगरपालिका, चालु आ.ब.मा बनायो ११ सडक

0
5

काठमाडौं- बर्दियाको मधुवन नगरपालिकाले आर्थिक बर्ष २०७९।८० मा नगरपालिकाभित्र ८ हजार १ सय ९१ मिटर सडक पिच गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेका अनुसार अनुसार चालु आ.ब.मा नगरपालिकाभित्रका विभिन्न वडाहरुमा ८ हजार १ सय ९१ मिटर पक्की सडक अस्फाल्ड पिचसहित निर्माण गरिएको हो । उनका अनुसार विभिन्न ११ वटा सडकहरुको निर्माण सम्पन्न गरिएको हो ।

सडक निर्माण पश्चात मधुवन नगरपालिकाका स्थानीयहरुलाई सहज हुनुका साथै पर्यटकीय दृष्टिले समेत सघाउ पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here