वास्तविक तीज गीतको मर्म बोकेर आए वरिष्ट गायक एबम सर्जक भण्डारी दम्पती (भिडियो सहित)

0
12

काठमाडौं- हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज नजिकिए संगै नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन तीजका गीतहरु प्रकाशन हुने क्रम ह्वात्तै बढेको छ। यहि क्रममा बरिष्ट गायक एबम सर्जक भगवान भण्डारीले पनि यस बर्षको आफ्नो तीज गीत प्रकाशनमा ल्याएका छन्। लोकप्रिय गायिका निर्मला भण्डारीको आवाजमा रहेको उक्त गीतलाई दर्शक श्रोताहरुले पनि राम्रो साथ दिरहेका छन्। पछिल्लो समयमा बजारमा सार्वाजनिकं भएका तीजका भनिएका धेरै गीतहरुले तीजको मर्म नै नबोकी आएको समयमा गायक एबम सर्जक भण्डारीको गीतले भने नेपाली माटोको सुगन्ध सहित मौलिक पन बोकेर आएको देखिन्छ। नारीको बेदनाका साथमा वास्तविक तीजको मर्म बोकेर आएको ‘बुट्टे सारी’ बोलको गीतमा शब्द संगीत भगवान भण्डारीको रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। जसमा आवाज निर्मला भण्डारीको रहेको छ।
गीतको भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन एबम कोरियोग्राफी रहेको । जसमा गीता ढुंगाना, निक्स शर्मा र श्रीयता केसीको अभिनय एबम राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here