वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भए घिमिरे

0
17

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएका थिए । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छन् ।
घिमिरेलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केही दिन अगाडि नै मन्त्रिपरिषदमा पुगेको थियो । तर मंगलबार मात्र उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।
यो भन्दा अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । पर्यटन सचिव वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।
उनलेचार वर्ष कार्यकाल पूरा गर्न सकेनन्।र ०७६ माघमा राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here