वाम दलहरू मिलेर सरकार बनाउने स्थिति छैनः प्रकाश ज्वाला

0
3

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं सल्यानका नवनिर्वाचित सांसद प्रकाश ज्वालाले नेकपा एमालेसँग तत्काल वार्ता, संवाद र सहकार्य नहुने बताएका छन् । ‘हामी गठबन्धन सरकार निर्माणको नजिक पुगिसकेका छौं । चुनावमा एउटा गठबन्धनमा सहकार्य गर्ने, अहिले आआफ्नो बाटो लाग्नु राजनीतिक नैतिकता होइन । गठबन्धन दलहरुकै बीचमा सहमति हुन्छ । तत्कालका लागि सबै वाम दल मिलेर सरकार बनाउने स्थिति हुन्छ भन्ने लाग्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्वालाले भने । प्रधानमन्त्री पदलाई लिएर गठबन्धनमा केही समस्या नआउने दाबी पनि उनले गरे । ज्वालाले थपे, ‘पाँच दलीय गठबन्धन सिंगो रहन सकेन । जसपा अलग रुपमा गएकाले अपेक्षा अनुसार परिणाम आएन । तर साना दलहरुसमेत मिलाएर बहुमत पुग्छ । सरकार गठनका लागि छलफल प्रारम्भ भएको छ । मिलेर जाने सैद्धान्तिक र नीतिगत सहमति भएको छ । सम्भावना प्रचण्ड र शेरबहादुर देउवाकै छ । आलोपालोमा पनि जान सक्छ । तर गठबन्धनमा कुनै दरार आउँदैन ।’ प्रमुख संवैधानिक पद र प्रदेश सरकार समेत गरी प्याकेजमा पावर सेयरिङ हुने पनि उनले बताए । तपाईंको पार्टीको त हरिबिजोग भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘राष्ट्रिय दलको मान्यता दिलाउन हाम्रो अतिरिक्त प्रयत्न र मिहिनेत हुनुुपथ्र्या । सक्रियता र गम्भीरता हुनुपथ्र्यो । त्यो हुन नसकेको म स्वीकार्छु । समानुपातिक मतगणनामा केही बदमासी भएको आशंका छन् । राष्ट्रिय दल हुन थोरै मत नपुग्नुले नमिठो अनुभव भए पनि हामी संसदमा सशक्त र प्रभावकारी उपस्थितिका साथ अघि बढ्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here