वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

0
23

काठमाडौँ – वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। उहाँको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।
इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो।
गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उहाँको आज बिहान निधन भएको स्रोतले जनाएको छ।
इलाममा २००४ साल जेठ १४ गते जन्मिनुभएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गर्नुभएको थियो ।
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गर्नुभएको थियो। उहाँका ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित छन्।
उहाँका श्रीमती र २ छोरा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here