लोकप्रिय गायिका मेलिना राइको आवाजमा अन्जु अधिकारीको तीज गीत ‘नाचौँ साथी हो’ सार्वजनिक

0
279

काठमाडौं- विगत लामो समय देखी अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आउँनु भयकी अन्जु अधिकारी स्वास्थ्य क्षेत्रमा काम गरे पनि उहाँको समाजसेवा लगायत साहित्य र सङ्गीत क्षेत्रमा निकै रूची रहेको बताउँनु हुन्छ । उहाँले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिदै आफ्नै शब्दमा ( नाचौ साथी हो…) बोलको नयाँ तीज गीत बजारमा ल्याउनु भयको छ । जुन गीतलाई गायिका मेलिना राईले मिठो स्वर दिनु भयको छ भने उहाँ आफै गीतमा प्रमुख कलाकारको भुमिकामा अभिनय समेत गर्नुभएको छ । बिन्ध्यावासीनी म्युजिक कम्पनीको युटुब मार्फत गीतलाई सार्वजनिक गरेको छ । आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको शङ्घर्षलाई गीतले प्रस्ट पारेको छ । आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ । भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहनु भयकी अन्जु अधिकारी अस्ट्रेलियामा बस्ने दिदीबहिनीहरूले मिलेर खोल्नु भयको दिदीबहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर बिभीन्न सामाजकी कामहरू निरन्तर क्रियाशील देखिनुहुन्छ । यसै बर्षको अन्तिम सम्ममा उहाँको अर्को नयाँ आधुनिक गीत पनि बजारमा आउँने तयारीमा रहेको उहाँले हामीलाई बताउनु भयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here