लोकप्रिय गायक बुद्धिसागर बस्यालले सार्वजनिक गरे तीज गीत ”चस्मा लाएर” (भिडियो)

0
200

काठमाडौँ – लोकप्रिय गायक बुद्धिसागर बस्यालले ‘चस्मा लाएर’ बोलको तीज गीत बजारमा ल्याएका छन्। सत्कर्मको संगीत रहेको उक्त गीतमा गायक बस्यालको आफ्नै शब्द र स्वर रहेको छ।
विवेक खड्काले निर्देशन गरेको गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ।
‘बाजेका पालामा मोहोरपाथी नुुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगायतका लोकप्रिय गीतका गायक बस्यालले लामो समयपछि आफ्नो गीत प्रकाशन गरेका हुन् भने उनले यसपाली पहिलो पल्ट तीज गीतमा आफ्नो आवाज दिएका हुन्।
गायक बस्यालले कोरोना भाइरस, लकडाउन र अहिलेको परिवेशलाई समेटेर तीज गीत बजारमा ल्याएको बताएका छन् । उक्त गीत गायक बस्यालको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here