लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन भोलिदेखि सञ्चालन हुने

0
71

काठमाडौँ – कोरोना महामारीका कारण लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै भोलिदेखि लागू हुने गरी मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो। शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here