लामो समयको अन्तराल पछि एउटा धमाकेदार गीतको साथमा सार्वजनिक भए ‘बादल’

0
137

काठमाडौं- लामो समयको अन्तरालपछि लोकप्रिय गायक / संगीतकार एबम मोडेल बादल प्रसाईंले आफ्नो नयाँ गीत ”पिरती बस्योनि सानु” लिएर फेरी संगीतको विश्व बजारमा आफ्नो उपस्थिति जनाएका छन्। सुबास रेग्मी निर्माताको रुपमा रहेको उक्त गीतको बजार ब्यबस्थापन तथा निर्माण विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको हो। गीतमा दिपक शर्माको शब्द संगीत अनि बादल प्रसाइको आवाज रहेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको सोहि गीतको भिडियोलाइ भने पछिल्लो समयका ब्यस्त एबम लोकप्रिय निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। जसमा चक्र बम र श्रेया कार्कीको अभिनय रहेको छ। अजय रेग्मीले छायांकन गरेको यहीं भिडियोलाइ दिपक बिष्टले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here