लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जना हेटौँडाबाट पक्राउ

0
8

काठमाडौं – मकवानपुरको हेटौँडाबाट लागु औषध ‘खैरो हेरोइन’ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका ५२ वर्षीय नारायण खड्का र ३५ वर्षीय अर्जुन अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खड्कालाई हेटौँडा–१५ रातोमाटेबाट र अधिकारीलाई हेटौँडा–११ सहिद स्मारक गेटबाट पक्राउ गरिएको हो । प्रहरीले नारायण खड्काको साथबाट ५ ग्राम २ सय ८० मिलिग्राम र अधिकारीको साथबाट १ ग्राम २ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरेको छ । प्रहरीका अनुसार खड्का वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.५ ख ४८०२ नम्बरको बसमा खैरो हेरोइन बोकेर हिँडेका थिए । आरोपीहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here