लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान

0
316

बारामा प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका(१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।

८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली फायर गरेको थियो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीसमेत गस्तीमा खटिएको थियो ।

त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका(६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ । तामाङको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा पनि बरामद भएको डीएसपी मिश्रले जानकारी दिए ।

तामाङविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको छ । फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here