ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको मुद्दा आज सुनुवाई हुदै

0
17

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदैछ । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीले सुनुवाइ गर्ने भएका छन् । ललिता निवास प्रकरणमा अख्तियारले नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएको थियो । निवेदन बमोजिम सर्वोच्चबाट रिट जारी भएमा अख्तियारले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल र भट्टराईमाथि अनुसन्धान गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here