ललितपुरको बखुण्डोलमा आगलागी नियन्त्रणको प्रयास जारि

0
21

काठमाडौं – ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिक रहेको कवाडी गोदाममा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।
उनका अनुसार ‘अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल आइपुगेको छ । नियन्त्रणमा लिने प्रयास जारी छ ।’
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here