‘लगी दे चरी’ भन्दै आए लोकप्रिय गायक रुपक डोटेल

0
397

काठमाडौं- लोकप्रिय गायक रुपक डोटेलले आफ्नो नयाँ गीत ”लगिदे चरी” सार्वजनिक गरेका छन् । गायक डोटेलको सुमधुर आवजमा सजिएको उक्त गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ ।
जीविकोपार्जनको समस्याका कारण विदेशिन बाध्य भएकाहरूको पीर व्ययथा समेटिएको यस गीतलाई गायक डोटेलले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण केही कठिनाइ भएकाले गीतको भिडियो भने केही समयपछि सार्वजनिक गरिने डोटेलले जानकारी दिएका छन ।
डोटेलले यसअघि ‘वनकी चरी,’ ‘सानुमाया’ लगायत सयौँ गीतहरुमा आफ्नो स्वर भरिसकेका छन र उनि पछिल्लो समयमा सर्वाधिक रुचाइएका गायक पनि हुन् ।

सबै तवरबाट उत्कृष्ट बनेको यस गीत र गीतसंग सम्बन्धित सम्पूर्ण कलाकार अनि प्राविधिकहरुलाई हाम्रो तर्फदेखी लाखौँ लाख शुभकामना ।।।
जय गीत जय संगीत
गीतको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here