लक्षित जनसङ्ख्याको ५० प्रतिशतभन्दा धेरैले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

0
12

काठमाडौं – सरकारले लक्षित जनसङ्ख्याको ५० प्रतिशतभन्दा धेरैलाई पूर्ण मात्रा खोप लगाएको जनाएको छ । कोरोनाविरुद्धको खोप अभियानलाई तीब्रता दिएको सरकारले लक्षित समूहको ५० प्रतिशतलाई खोप लगाइसकिएको जनाएको हो । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले लक्षित समूहको ५० दशमलव २ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई कोरोनाविरुद्धको खोप लगाउन लक्षित समूह तोकेको छ । यही समूहको ५० दशमलव २ प्रतिशतले पूर्ण मात्रा र ६६ दशमलव १ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । अहिलेसम्म कुल जनसङ्ख्याको भने ३२ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा र ४३ दशमलव ४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । सरकारले चैत मसान्तभित्र सबै लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको छ । खोप अभियान सुरु भएयता अहिलेसम्म २ करोड ३१ लख ७१ ह्जार ९ सय ७७ मात्रा खोप लगाइएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ मात्रा खोप नेपाल आइपुगेको मन्त्रालयको तथ्याङ्क छ । (स्रोत – न्युज सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here