लकडाउन खुलेसँगै बढ्यो कोरोना, आजै थपिए २ हजार ९७७ संक्रमित

0
18

काठमाडौँ – नेपालमा लकडाउन खुलेसँगै कोरोना भाइरस (कोभिड १९) संक्रमण पनि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी जम्मा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here