लकडाउनबारे छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै

0
27
A man rides on an empty street as long distance bus and land border crossings are shut down amid concerns about the spread of coronavirus disease (COVID-19), in Kathmandu, Nepal March 23, 2020. REUTERS/Navesh Chitrakar

काठमाडौं – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने तयारि गरेको छ। कोभिड–१९ संक्रमण दर बढेसँगै आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका हुन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने र ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिने स्रोतले बताएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here