रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

0
37

क्रिस्टियानो रोनाल्डोको सिजनको २३ औँ गोलको मद्दतमा युभेन्टसले एएस रोमालाई हराउँदै इटालियन सिरिए एको तेस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले तीन खेलमा गोलको खडेरी अन्त्यत गर्दै खेलको १३ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोजर इबानेजले आत्मघाती गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बन्यो । जीतसँगै साबिक विजेता युभेन्टस रोमालाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ५ अंकले पछि रहेको छ । यद्यपि, युभेले एक खेल कम खेलेको छ । आन्द्रे पिर्लोको टोलीका लागि सबै प्रतियोगितामा यो लगातार छैटौँ जीत हो । हालै ३६ वर्ष पुगेका रोनाल्डोले आफ्नो गोल गर्ने फर्मलाई जारी राखेका छन् । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी इन्टर मिलानका रोमेलु लुकाकुभन्दा अघि १७ खेलबाट १६ गोल गर्दै शीर्ष स्थानमा छन् । अन्य खेलमा नापोली भने जेनोआसँग १–२ गोलअन्तरले पराजित भयो ।

स्रोत : रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here