रेलको ठक्करबाट भारतको मुम्बईमा नेपाली युवतीको मृत्यु

0
12

काठमाडौं – रेलको ठक्करबाट भारतको मुम्बईमा एक नेपाली युवतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रेलको लिकमा मोबाइल हराएपछि खोजिरहेका बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ। घटना भएको एक महिनापछि उनको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको सरकारी रेल्वे प्रहरी (जीआरपी)ले जनाएको छ । घटना २२ जुलाई (साउन ७ गते) को दिन सानपाडा र जुइनगर रेलवे स्टेशनको बीचमा भएको हो । तर आफन्त पत्ता लाग्न ढिला भएकाले शव बुझाउन ढिला भएको प्रहरीको भनाइ छ। ‘त्यो दिन उनी आफ्नो साथीलाई भेट्न नेरुल जाँदै थिइन् । त्यही बेला उनको मोबाइल रेल्वे लिकमा झर्यो । त्यसपछि उनी रेलवे स्टेशनमा ओर्लिइन् र लिकमा आफ्नो फोन खोज्न थालिन् । त्यही बेला तीव्र गतिमा आएको अर्को रेलले उनलाई ठक्कर दियो,’। परियारका भाइले सूचना थाहा पाएपछि प्रहरीसँग सम्पर्क गरेको र सनाखत गरी बिहीबार शव जिम्मा लगाएको प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here