रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध आजीवन कुनै मुद्दा नलाग्ने

0
28

काठमाडौं – रुसी संसद्‌को तल्लो सदन दुमाले राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी सत्तामा नरहेको समयमा पनि कुनै मुद्दा लगाउन नपाउने व्यवस्थासहितको एक विधेयक पारित गरेको छ । जसअनुसार पुटिन र उनको परिवारविरुद्ध कुनै प्रकारको आपराधिक मुद्दा चल्ने छैन । यो गत जुलाईमा एक जनमतसंग्रहमा जनाइएको सहमतिअनुसार व्यवस्था गरिएको हो ।
पुटिनको पार्टी रुसी संसद्‌का दुवै सदनमा बहुमतमा रहेको छ । राष्ट्रपति पुटिनको यो कार्यकाल सन् २०२४ मा सकिनेछ । तर उनले पछिल्लो संविधान संशोधनअनुसार त्यसपछि थप २ कार्यकाल अर्थात् १२ वर्ष राष्ट्रपति बन्न पाउनेछन् ।
यो विधेयकलगत्तै पुटिनको राजनीतिक भविष्यबारे पुनः चर्चा सुरु भएको छ । सन् २००० देखि पुटिन रुसी सत्ताको शीर्ष स्थानमा रहँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here