रुपन्देहीमा जिपले दुईवटा मोटरसाईकललाई ठक्कर दिदा दुईजनाको मृत्यु

0
102

रुपन्देहीमा जिपले एकैपटक दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको हो ।

अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा छुट्टा छुट्टै अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here