रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

0
18

बुटवल – रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। परासीबाट भैरहवातर्फ जाँदै गरेको उक्त कार दुर्घटना भएको हो । रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु२च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेहरुलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका ३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर रहेका छन् ।
रुपन्देही सिद्धार्थ नगरपालिका–४ का ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here