रुपन्देहीका धर्मराज गिरी क्यान सदस्यमा मनोनित

0
21

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद( राखेप) ले (नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा रुपन्देही सिद्धार्थ नगरका धर्मराज गिरीलाइ मनोनित गरेको छ । क्यान सदस्यमा गिरीलाई मंगलबार मनोनित गरिएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका गिरी मदन भण्डारी स्पोटर्स एकेडमी अन्तर्गत केन्द्रीय क्रिकेट विभागका उपप्रमुख हुन् ।
उनले पश्चिमाञ्चल क्रिकेट समिति क्षेत्र नम्बर ४ को सदस्य, रुपन्देही क्रिकेट संघको सदस्य र उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
गिरी खेलकुद महासंघ रुपन्देहीमा सह–इञ्चार्जको भूमिकामा समेत छन् । गिरीले क्रिकेट खेलको विकासको लागि आफू निरन्तर लाग्ने समेत बताए छन् ।
‘क्यानको बोर्ड सदस्यमा मनोनित भएपछि थप जिम्मेवारी पाएको अनुभुति गरेको र खेलाडीलाई परेका समस्याको समाधानमा लागिपर्ने, उनीहरुको मनोबल उच्च पार्ने काममा आफु लाग्ने प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here