रियलको लज्जास्पद हार, बायर्नले जित्दा टोट्टनहाम बराबरीमा रोकियो

0
28

च्याम्पियन्स लिग फुटबलको दावेदार स्पेनिस क्लब रियाल म्याड्रिडले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) सँग लज्जास्पद हार खेपेको छ । पीएसजीको मैदानमा बुधबार राति भएको खेलमा रियल ३–० गोलले पराजित भएको थियो । पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा थोमस एक गोल गरेका थिए । यस्तै रियलका ग्यारेथ बेलको गोललाई भिएआरको सहायतामा मान्यता नदिएपछि रियल दबाबमा परेको थियो ।पीएसजीले १४औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो भने त्यसपछि ३३औं मिनेटमा मारियाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । थोमले इन्जरी समयमा गोलगर्दै पीएसजीलाई फराकिलो जित दिलाए । रियलले खेलभर चारवटा उत्कृष्ट अवसर गुमाएको थियो । पीएसजी स्टार खेलाडी नेयमार र केलियन एमबाप्पेविनै उत्रिएको थियो । रियलका मार्सेलो, इस्को, लुका मोड्रिच, मार्काे असेन्सो र फेडे भालभेर्डे घाइते छन् । यीनै स्टार खेलाडी घाइते भएका कारण रियल दबाबमा परेको हो भने जितसँगै समूह ‘ए’ मा रहेको पीएसजीले तीन अंक बनाएको छ । अंकविहिन रियल तालिकाको अन्तिममा रहेकोछ । यही समूहको अर्को खेलमा गालाटासारे र क्लब बर्गले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन ।
यस्तै समूह ‘बी’ को खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सर्वियन क्लब रेडस्टार बेलग्रेडलाई ३–० गोलले हराएको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोम्यानले ३४औं मिनेटमा हेड गोल गर्दै खाता खोले । रोबर्ट लेवान्डोस्कीले ८०औ मिनेटमा गोलगर्दै बायर्नको अग्रता दोब्बर बनाए । ९०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाएका थिए ।
त्यस्तै समूह ‘बी’ कै अर्को खेलमा इङ्लिस क्लब टोट्टनहाम र ग्रीस क्लब ओलम्पियाकोसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । ग्रीसमा खेलिएको खेलमा टोट्टनहाम सुरुवातमा दुई गोलको अग्रता लिएरपनि बराबरीमा रोकिएको थियो । टोट्टनहामका लागि २६औं मिनेटमा ह्यारी केनले पेनाल्टी गोलमार्फत खाता खोले । ३०औं मिनेटमा लुकास मौउराले गोल गर्दै टोट्टनहामको अग्रता दोब्बर बनाए ।
त्यसपछि ४४औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै ओलम्पियाकोसलाई खेलमा फर्काएने प्रयास गरे भने ५४औं मिनेटमा म्याथ्यु भालवुयनाले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो । यस समूहमा पहिलो जित निकालेको बायर्नको तीन अंक छ । टोट्टनहाम र ओलम्पियाकोसले एक एक अंक बनाएका छन् । अंकबिहिन बेलग्रेड अन्तिममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here