राहात शिक्षकको आन्दोलन आजपनि जारी, दिउँसो सडकमा सुतेर विरोध जनाउने

0
4

काठमाडौं- सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा रहेका देशैभरका राहात तथा बाल विकासका शिक्षकहरुले आजपनि आन्दोलनमा उत्रिने भएका छन् ।

शिक्षा विधेयकको विरोधमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ७ बुँदे सहमति भएपनि उक्त सहमतिप्रति असन्तुष्ट रहेका राहात र बाल विकासका शिक्षकहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिईरहेका छन् ।

आन्दोलनरत शिक्षकहरुले आज सडकमै सुतेर विरोध जनाउने भएका छन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । दिउँसो १२ बजेपछि आन्दोलनरत शिक्षकहरुले सडकमा सुतेर विरोध गर्ने बताईएको छ ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here