राष्ट्र बैंकले जलायो यति धेरै परिणाममा नोट , आखिर किन जलायो हेर्नुहोस समाचार

0
117

काठमाडौं- नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् । नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु राष्ट्र बैङ्कले नष्ट गरेको हो ।
हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो । बजारबाट संकलन भएका पुराना तथा झुत्रा नोटहरुलाई टुक्राटुक्रा पारी धुल्याइन्छ । प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई फेरी प्रचलनमा आउन नदिन र त्यसको दुरुपयोग रोक्न टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here