राष्ट्रिय सभाको हिउँदे अधिवेशन राष्ट्रपतिलद्वारा अन्त्य

0
29

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशनको अन्त्य गरेकी छन्।
संविधानको धारा ९३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन्। राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गते सुरू भएको थियो।

अधिवेशन अन्त्य हुनुअघि आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले आफ्नो सरकारले गरेका कामको चर्चा गरे भने प्रतिनिधि सभा विघटनको बचाउ गरे। आफ्नो सरकारले तमाम काम गर्दा पनि केही मानिसहरूले जनताले विधि र पद्धतिको कुरा गरेको बताए। विधि र पद्धतिले खान लाउन नपुग्ने प्रधानमन्त्री ओलीको तर्क थियो। ‘जनताले नबुझ्ने, जनताका सरोकार नभएका विधि, पद्धति के बुझ्ने जनताले पद्धति, न पद्धति लाउन हुन्छ, न खान हुन्छ। विचरा जनतालाई सुनाइदिएको छ विधि पद्धति,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रश्न सोधेका थिए। जवाफ प्रधानमन्त्री ओलीले ती सदस्यहरूले आफ्नोभन्दा पनि पार्टीको बोली बोलेको बताए। राष्ट्रिय सभा बैठक थारू आयोगको प्रतिवेदन पेस गरेर प्रधानमन्त्री बैठकबाट बाहिरएका थिए। बाहिर निस्किएपछि पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सभाको अधिवेशन यति चाँडै अन्त्य गर्नु पर्नाको कारण के हो भनेर सोधेका थिए। प्रधानमन्त्री ओलीले जवाफ दिएनन्। हात हल्लाउँदै बाहिर निस्किए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here