राष्ट्रिय शिक्षा दिवस–२०८० का अवसरमा ९६२ जना विभूषित

0
3

काठमाडौं – सरकारले राष्ट्रिय शिक्षा दिवस–२०८० का अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विभूषित गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी जानकारी दिएको हो । त्यस्तै सोही अवसरमा सरकारले सरकारी विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरूलाई पनि पुरस्कृत गर्दैछ । २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पसलाई पुरस्कृत गर्न लागिएको हो । सार्वजनिक विद्यालयतर्फ देशभरबाट ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली, श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली र श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान रहेका छन् ।

निजी लगानीका विद्यालयतर्फ पनि ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौं, बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ रहेका छन् ।

प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय,रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाईफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ पुरस्कृत हुँदैछन्। उनीहरुलाई प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सम्मान गर्न लागिएको हो ।

त्यस्तै क्याम्पसतर्फः पुल्चोक क्याम्पस ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, रूपन्देही, काठमाडौं मोडेल कलेज, बागबजार, काठमाडौं रहेका छन् । समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर, कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत पुरस्कृत हुँदैछन् ।

https://drive.google.com/file/d/1Y3UAU4I-pDGdqvfNfvI16WFB6z9-Fwjm/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here