राष्ट्रिय राजनीति सत्तारुढ दल नेकपाका केही नेताहका कारण दुषित भएको हो: ओली

0
31

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश र जनभावना विपरीतका अर्थहीन राजनीतिक दबाबका कारण संसद विघटन गर्न बाध्य भएको बताएका छन् । संसद विघटन पछि देशबासीका नामामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा भएका अर्थहीन प्रयासले संसदलाई अर्थहीन तुल्याएपछि संसद विघटन गर्न बाध्य भएको बताएका हुन् ।
उनले यही पुस ५ गते संसद विघटन गरेको र आगामी ७८ साल वैशाखमा नयाँ निर्वाचन गरेर नयाँ संसद निर्माण गर्ने बताए ।
‘‘राष्ट्रिय राजनीति सत्तारुढ दल नेकपाका केही नेताहका कारण दुषित भएको हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘निर्वाचन गर्ने र निर्वाचनपछि एकता गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको घोषणाले जनताले उत्साहित हुँदै भोट दिएका थिए । तर, जनादेशपछि अन्त्यहिन बार्गेनिङका कारण समस्या सृजना गरियो ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here