राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने

0
4

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले आज साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको जनाएको छ । तीजको दिन सार्वजनिक विदा परेकाले नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो । यसअघिको तयारी अनुसार सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो । सबैजसो सञ्चारमाध्यमले मंगलबार परीक्षाफल प्रकाशित हुने भन्दै समाचार सम्प्रेषण गरेपनि हिजो नतिजा सार्बजनिक हुन सकेन। नेपाल टेलिकमले समेत दुईपटकसम्म नतिजा हेर्न सकिने विधिका बारेमा मोबाइलमा सन्देश पठाएको थियो । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here