राष्ट्रिय परीक्षा बोर्डले गर्यो (एसईई) को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

0
5

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए। कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।

एसइइको रिजल्ट यी लिंक कान्तिपुर पब्लिकेशन, https://see.results.news/ मा गएर हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here