राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा १२ को नतिजा सार्वजनिक

0
1

काठमाडौं – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ४८ हजार २३९ ले ग्रेड ए ल्याएका छन् । ७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेका छन् । ७५ हजार ०८८ जनाले सी प्लस नतिजा प्राप्त गरेको बोर्डले जनाएको छ ।२४ हजार ५१५ जनाले ग्रेड सी ल्याएका छन् । ३ हजार ८७५ जनाले डी प्लस प्राप्त गरेका छन् । नतिजा डी ल्याउनेको संख्या २९६ छ । त्यस्तै १० हजार ०७६ जनाले ग्रेड ई प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ । ४६ जना विधार्थी को परीक्षा रद्द गरिएको बोर्ड ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here