राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका क्यामरापर्सन पक्राउ

0
117

काठमाडौं – राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका क्यामरापर्सन लाइ प्रहरीले पक्राउ गरेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका ललितपुरको नखिपोट घर भएका क्यामरापर्सन इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
सो समूहका अरु चारजना भने फरार रहेको बताइएको छ ।
मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो ।
नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here