राष्ट्रियसभा बैठकमा मागियो सभामुखको सापकोटाको राजीनामा

0
16

काठमाडौं – मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा नेकापा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका छन् । बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए । त्यसपछि बोल्न सुरु गरेका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप समेत लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here