राष्ट्रपति चढ्ने हेलिकोप्टरमा भारतीय सेना प्रमुख नरवणेको माउन्टेन फ्लाईट

0
31

काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे सोलुखुम्बु पुगेका छन् । आफ्नो तीन दिने नेपाल भ्रमणको क्रममा उनी सोलुखुम्बु गएका हुन् । शुक्रवार विहान उनले माउन्टेन फ्लाईट गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका लागी खरिद गरिएको हेलिकप्टरमा उनले माउन्टेन फ्लाईट गरेका हुन् । माउन्टेन फलाईटपछि उनी खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारिक कार्यक्रम तय गरिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँ ब्रेकफास्ट गरेर उनी काठमाडौं फर्कने छन् । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र नरवणेबीच शिष्टाचार भेटवार्ता हुँदैछ । त्यसपछि शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागीता पछि उनी स्वदेश फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here