राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

0
5

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको हो । गत वैशाखमा सम्पन्न भएको निर्वाचनले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनाए पनि आन्तरिक द्धन्द्धका कारण कांग्रेस सत्ता बाहिर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसले विश्वासको मत दिएपनि प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा छुट्टै उम्मेदवार उठाएको थियो । बैठकपछि छोटो प्रतिक्रिया दिदै पूर्वमहामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भएको बताए । उनले भने, “उमेदवारी दिने निर्णय भएको छ । दिनुपूर्व हामी अरू दलसँग पनि छलफल गर्नेछौ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here