राष्ट्रकवि घिमिरे १०१ बर्षमा प्रबेस , प्रधानमन्त्री द्वारा शुभकामना व्यक्त

0
131

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका छन् । घिमिरे विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका हुन् । उनि स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।
घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन् । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।
उनको जन्मदिनको अवसरमा विभिन्न व्यक्तित्वहरूले सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
”नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’’:- प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै लेखेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here