रामकृष्ण ढकालले ठमेल बजारकी गायिका लाई हात समाई घुम्न जाउँ भनेपछि गायिकाको प्रतिउत्तर कडा ….

0
195

बिन्दबाशिनी म्युजिक प्रालि को प्रस्तुतिमा हात समाई घुम्न जाउँ बोलको गीत प्रकाशनमा आएको छ । बरिष्ट गायक रामकृष्ण ढकाल र (ठमेल बजार गीतकी) चर्चित गायिका मिना निरौलाको आवाजमा सजिएको उक्त डान्सिङ्ग नम्बरको गीतमा शब्द रचना भने गीतकार टिमायाँ राइले गरेकी हुन् जुन गीतमा संगीत युवा पुस्ताका चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छ । एरेन्ज योगेश काजी को रहेको छ। यसअँघि बम मल्लकै संगीत र कृष्ण केशी को शब्द रचनामा रहेको रामकृष्ण ढकाल र अन्जु पन्तको आवाजमा सजिएको (डान्सिङ्ग नम्बर) माया गर्छु मनै मनमा बोलको गीतलाई पनि बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमै दर्शक श्रोताले अत्यधिक रुचाइदिएका थिए र अहिले प्रकाशनमा आएको हात समाई घुम्न जाउँ बोलको गीतलाई पनि छोँटो समयमै अत्याधिक रुचाइएको छ यहि गीतको भिडियो अहिले विभिन्न टेलिभिजनहरुले पनि बिशेष प्राथमिकताका साथ प्रसारण गरिरहेको देख्न सकिन्छ । गीतको भिडियोलाई अहिलेका जल्दाबल्दा निर्देशक क्रान्ति केसी ले निर्देशन गरेका हुन् जसमा जुम्ल्याहा दाजुभाइ अमर दाहाल , अमृत दाहाल र बिनु शाक्यको दमदार नृत्य देख्न सकिन्छ । यस गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन निर्देशक केसी कै रहेको छ ।
गीतले बजारमा राम्रो छाप छोड्न सकोस इतिहाँस रच्न सफल होस् हाम्रो तर्फ देखी धेरै धेरै शुभकामना ।।।

भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here