राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

0
32

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका-५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दीपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् । राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमबारदेखि बेपत्ता भएका वैश्यको मंगलबार बिहान शव फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शव फेला पारेको बताइएको छ। शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here