राजेश पायल राइको साथमा सार्वजनिक भईन गायिका उर्मिला खालिङ आखिर के हो त रहस्य?

0
273

भेट भयो हजुर दोहा शहरमा,
माया लाउनु लेख्य रैछ हाम्लाई कतारमा…….
चर्चित गायिका उर्मिला खालिङ राइ आफ्नो नयाँ गीतका साथमा प्रस्तुत भएकी छि। कहिले मायाँ प्रेम त कहिले देशप्रेमका गीत गाउने गायिका खालिङका ”बलि देउ मेरो शीर” लगायतका दर्जनौ गीतहरु चर्चाको सिखरमा छन्। नेपालका धेरै ख्यातिप्राप्त सर्जकहरुसंगा सहकार्य गरिसकेकी गायिका खालिङले फरक अनि सदाबहार रहने गीतहरु गाउन रुचाउछिन। यहीँ क्रममा गायिका खालिङले लोकप्रिय गायक राजेश पायल राइसंगको युगल आवाजमा ”दोहा कतारमा” बोलको गीत गएकी छिन। जसमा गीतकार गजेन्द्र खालिङको शब्द रचना तथा जिविहांग राइको संगीत /संगीत संयोजन रहेको छ। उर्मिला र राजेशपायल राइको आवाज जस्तै शब्द र संगीत पनि उत्तिकै उत्कृष्ट बनेको यस गीतले छोटो समयमै धेरै श्रोता दर्शकको मन जितिसकेको छ। यसै गीतका गीतकार भन्छन ”हामीले गीतमा धेरै मिहेनेत गरेका छौ त्यसैले श्रोता दर्शकको मन जित्नेमा ढुक्क छौ”। अहिले यस गीतको स्टुडियो भिडियो मात्रै सार्वजनिक गरिएको छ र निकट भविस्यमै मार्मिक कथाबस्तु समेटिएको अफिसियल भिडियो लिएर आउने पनि गीतको निर्माण पक्षले जानकारी दिएको छ। गीतलाई गायिका खालिङले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन्।
जे हौस निकै मिहेनेताका साथ बनाइएको यो उत्कृष्ट गीत अनि गीतसङ्ग सम्बन्धीत सम्पूर्ण श्रष्टा कलाकार तथा प्राबिधिक लाइ हाम्रो तर्फबाट पनि लाखौँ लाख सफलताको शुभकामना।।।
जय गीत जय संगीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here