राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन

0
19

काठमाडौँ – राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ। ६७ वर्षका शेरचनको कोरोना संक्रमणबाट निधन भएको बताइएको छ। उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो। राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन्।
अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन्। संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन्। उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । दिउँसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा उनको अन्तिम संस्कार गरिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here