राजधानी काठमाडौंसँग जोड्ने प्रमुख तीनवटै सडक पहिरोले अवरुद्ध

0
19

काठमाडौं – निरन्तरको वर्षाले राजधानी आवात जावत गर्ने प्रमुख तीनवटै राजमार्ग अवरुद्ध भएका छन्। बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भएका हुन्।
पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ। ‘पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि सकेको छैन,’ डिआइजी लामाले भने।
यस्तै बीपी राजमार्ग पनि शुक्रबार बिहानैदेखि अवरुद्ध छ। सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी रहे पनि ठाउँठाउँमा पहिरो गएकाले सडक सञ्चालनमा नरहेको सिन्धुलीकी एसपी मन्जु सिंग्देलले बताइन्।
त्यसैगरी बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै अवरुद्ध यो सडकमा शुक्रबार थप पहिरो गएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here