रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, पाँच जना घाइते

0
4

काठमाण्डाै – रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here